काठमाडौँ, १५ जेठ । राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आज प्रस्तुत गरेको बजेटप्रति आलोचना गरेका छन् ।
उनले बजेट विगतको निरन्तरतामात्रै भएको आरोप लगाएका छन् । त्यस्तै उनले बजेट संघीयताको मर्म र भावना अनुसार नआएको समेत आरोप लगाए ।
पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बजेटपछि संसद परिसरमा प्रतिक्रिया व्यक्त गर्दै कर्णले भने, ‘हामीले अपेक्षा गरेजस्तो बजेट आएको छैन। बजेट विगतको निरन्तरता जस्तै छ।’
उनले नयाँ कुरा खासै नआएको उल्लेख गर्दै यो बजेटको कार्यान्वयन कसरी हुन्छ, त्यसमा यसको औचित्य भर पर्ने बताए।




प्रतिक्रिया