बजेट मिश्रित छ, केही राम्रा कुराहरु पनि छन : कोइराला


काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले ल्याएको बजेटलाई मिश्रित रहेको प्रतिक्रिया दिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कामै नलाग्ने बजेट भनेर आरोप लगाएका थिए । तर, महामन्त्री कोइरालाले भने बजेटलाई मिश्रित रहेको प्रतिक्रिया दिए ।

वर्तमान सरकारसँग केही अप्ठ्याराहरु रहेको बताउँदै उनले भने,‘हामी संघीयता कार्यान्वयनमा रहेकोले केही नयाँ संरचना बनेका छन् ।’ बजेटमा केही राम्रा कुराहरु पनि आएका छन् ।