काठमाडौं, १७ जेठ । सांसद हृदयेश त्रिपाठीले नेपाली सेनासँग काठमाडौं–निजगढ द्रुत मार्ग बनाउनै नसक्ने ठोकुवा गरेका छन् ।
बिहीबार संघीय संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद त्रिपाठीले यस्तो बताएका हुन् । सेनासँग यो फाष्ट ट्रयाक बनाउने क्षमता नै नभएको उनले दाबी गरेका छन् । यसबारे पुनर्विचार गर्न उनले सरकारलाई आग्रह गरे ।
उनले भने,‘सेनाको नेतृत्वमा फास्ट ट्राक बन्दैन । सरकारले सेनालाई किन दियो मलाई थाहा छैन ।’




प्रतिक्रिया