जेठ २०, काठमाण्डौ । आज बसेको मन्त्रिपरिषदको औपचारिक निर्णय बाहिर आए पनि बैठकका क्रममा भएका अन्य छलफलहरु गोप्य राख्ने प्रयास गरिएको पाइएको छ ।
मन्त्रीपरिषद बैठकका क्रममा अबका दिनमा सरकारले के कस्ता काम कारबाही गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भएको थियो । छलफलका क्रममा देशका विभिन्न क्षेत्रमा हुँदै आएका सिन्डिकेट अन्त्य गर्ने कुरालाई प्राथमिकता दिइएको थियो ।
त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई अझै कमजोर बनाउनका लागि विभिन्न रणनीति अपनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।
विभिन्न अस्त्र प्रयोग गर्दै कांग्रेसका नेताहरुलाई समस्या पार्ने र गलत प्रवृत्तिको भण्डाफोर गर्ने रणनीतिका विषयमा मन्त्रीहरुबीच छलफल भएको थियो ।
सम्भव भएसम्म विभिन्न बहानामा कांग्रेसका नेताहरुलाई जेल हाल्नेसम्मका रणनीति तयार पार्न लागिएको बुझिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेको प्रमुख आयुक्त तत्काल नियुक्त गरेर भ्रष्टाचारको अभियोगमा विभिन्न नेताहरुलाई मुद्दा चलाउने सरकारको तयारी छ ।
सबै भ्रष्टहरुलाई कारबाही गर्ने सरकारको नीति भए पनि विगतमा सरकारमा रहँदा भ्रष्टाचार गरेका कांग्रेसका नेताहरुलाई पहिलो प्रहार गर्ने सरकारको रणनीति छ ।
आजको बैठकमा यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका महत्वपूर्ण निर्णय र नियुक्ति बदर गर्ने विषयमा छलफल भएको थियो ।




प्रतिक्रिया