प्रचण्ड पहिले भारत जाने कि चीन ?


काठमाडौं, २२ जेठ । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिवेला अन्यौलमा छन् । उनलाई छिमेकी मित्रराष्ट्र भारत र चीन दुवै देशबाट भ्रमणको लागि निमन्त्रणा आएको छ ।

तर, दाहालले भने अहिलेसम्म पहिले कुन देशको भ्रमण गर्ने भन्नेबारे निर्णय गरिसकेका छैनन् । स्रोतका अनुसार प्रचण्डलाई दुवै देशबाट आधिकारिक रुपमा भ्रमणको निम्तो आईसकेको छ ।

प्रचण्डले पहिले भारतबाट भ्रमण गर्नसक्ने हल्ला पनि चलिरहेको छ। नेकपा एमालेसँग एकता गर्नुपुर्व नै चीनीयाँ अधिकारीहरुले भेटेरै प्रचण्डलाई निमन्त्रणा दिएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलगत्तै उनी भारत वा चीनको भ्रमणमा जान सक्नेछन् ।