काठमाडौं, २२ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपालका लागि चीनीयाँ राजदुतबीच आज भेटवार्ता भएको छ । मन्त्री थापाले चीनको नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार हुने गरेको बताएका छन् ।
मंगलबार नेपालका लागि चीनका राजदुत यु होङसँग भेटवार्ता गर्दै गृहमन्त्री थापाले सुन तस्करी र डलरको अवैध कारोबार हुने गरेको बताउँदै त्यसको नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताएका हुन् ।
जवाफमा राजदुत होङले त्यस विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिएकी छन् ।




प्रतिक्रिया