काठमाडौं, २२ जेठ । क्यासिनो ‘ह्यात प्राईड’ र क्यासिनो प्यालेसमा अहिले व्यापक समस्या देखिएको छ । दुवै क्यासिनोका मालिक नेपालमा क्यासिनो किङ भनेर चिनिएका विनय साह तेली अहिले फरार छन् ।
कुनै समय साह अन्नपूर्ण होटेलमा काम गर्दथे । यही बीचमा उनको भारतीय क्यासिनो व्यापारीहरुसँग चीनजान भएको र लगत्तै उनी आँफै क्यासिनो सञ्चालक बन्न सफल भए ।
अहिले उनी अन्नपूर्ण होटलमा चल्ने क्यासिनो पालेसका कारण फरार रहेको स्रोतको दाबी छ । सर्वोच्च अदालतको अन्तरिम आदेश हुँदापनि पूराना कर्मचारीहरुलाई बेवास्ता गर्दै नयाँ कर्मचारी राखेका छन् । अहिले पनि पूराना कर्मचारीहरु आन्दोलित छन् । अदालतले समेत मजदुरहरुको पक्षमा फैसला दिएपछि अहिले दैनिकजसो क्यासिनो अघि झडप हुन्छ ।
पूर्व पर्यटनमन्त्री जितेन्द्र देवले नयाँ क्यासिनोको नाममा उनलाई लाईसेन्स दिएको हो । आर्थिक चलखेलका साथ लाईसेन्स दिईएको पीडितहरुको आरोप छ ।




प्रतिक्रिया