काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले अहिले संविधान संशोधनको हतारो नभएको स्पष्ट पारेका छन् ।
बुधबार साँझ प्राईम टेलिभिजनबाट प्रशारण भएको “प्राईम डिबेट” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महतले यस्तो बताएका हुन् । उनले भने,“संविधान संशोधनको हतारो छैन, अहिले आवश्यकत्ता देखेको छैन, संविधानको कहाँ र कुन बुँदामा संशोधन गर्ने भन्नेबारे सहमति जुट्नुपर्छ ।”
नेता महतले वर्तमान संविधान दुई तिहाईभन्दा बढिले पास गरेको भएकोले अहिले कसैको बुहमत पुग्यो भन्दैमा शासकीय व्यवस्थामा परिवर्तन गर्न खोज्नु राजनीतिक बेईमानी हुने तर्क गरेका छन् ।
पत्रकार धमलाले नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको वकाल गर्नुभयो नि भनेर सोधेको प्रश्नमा महतले अहिले यही उद्देश्यको लागि अरु अरु पार्टीलाई पनि सरकारमा ल्याउनु राजनीतिक ईमानदारिता नदेखाएको आरोप लगाए ।
उनले भने,“यो प्रचण्डको आफ्नै भनाई होला, तर संसदीय पद्धती भएको देशमा पनि विकास भएको छ नि, तेस्रो विश्वका मुलुकमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति भएको देशमा अधिनायकवादी भएको छ, जहाँसम्म संसदीय व्यवस्था छ विकासोन्मुख भएको छ, त्यहाँ विकास भएको छ ।”
उनले मुलुक प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतितर्फ गए कांग्रेसले विरोध गर्ने समेत चेतावनन्ी दिए । उनले भने,“दुई वर्षअघि एउटा समझदारी गरेर संविधान जारी गर्ने, अहिले बहुमत आउँदैमा व्यवस्था बदल्नु राजनीतिक ईमानदारिता हुँदैन् ।”
त्यस्तै उनले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने पक्षमा आफूहरुपनि रहेको बताए । उनले भने,“भ्रष्टाचार लागेको कोही सांसद छ भने निलम्बन गर्नुपर्छ, तर हाम्रा साथीहरु संघीय कानून ल्याउ भन्ने पक्षमा हुनुहुन्छ, संसदीय कार्यविधिमात्रै होईन, संघीय कानून ल्याउँनुपर्ने हुन्छ।”
फरक प्रसँगमा उनले पार्टीभित्र अहिले आन्तरिक द्धन्द्ध भन्दापनि मतभेदहरु रहेको स्पष्ट पारे । उनले भने,“पार्टीभित्रको आन्तरिक मतभेतहरुलाई न्यूनिकरण गर्दै लैजानुपर्छ, आफ्ना आफ्ना पदबाट कमिकमजोरी र आत्ममुल्याकंन गरेर सुधारेर पार्टीलाई एक बनाउनुपर्छ ।”
उनले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वमा भएकोले चुनावमा हाुर्नको दोष उनीमाथि बढि भएपनि यसको जिम्मेवारी सबै नेताहरुले लिनुपर्ने स्पष्ट पारे । उनले थपे,“एउटै नेतृत्व सँधै रहिरहने होईन, अहिले नै हटाउने बेला पनि होईन । नयाँ संविधान बनेको छ, पार्टीको विधान नयाँ बनाउनुपर्छ, चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुपर्छ । देउवाको कार्यशैलीप्रति म सन्तुष्ट छैन । उहाँको मात्रै नभएर अरुको पनि गल्ती छ । हेड भएकोले जवाफदेहिता उहाँको बढि छ ।”
सबै कुरामा एक जनालाई मात्रै दोष लगाउनु न्यायोचित नहुने उनको तर्क छ । उनले आफूहरुले सभापति देउववालाई आवश्यक सहयोग गरेको पनि जिकिर गरे । उनले भने,“गर्ने ठाउँमा सभापतिलाई सहयोग गरिएको छ । अर्कालाई दोष लगाउनेमात्रै होईन ।”
कांग्रेस वैचारिक कुरामा अरु पार्टीभन्दापनि अघि रहेको उनको जिकिर छ । उनले भने,“हाम्रो विचारमा अरु पार्टी आएका छन्, बरु हाम्रो संगठन कमजोर हो । बलियो बनाउनुपर्छ । निर्वाचन हार्नुको मुल कारण नै त्यही हो ।”




प्रतिक्रिया