रेशम चौधरीलाई रिहा गर्न सरकारलाई दबाव
काठमाडौं, २३ जेठ । राजपा नेपालले संविधान संशोधन कहिले गर्ने भनि सरकारको आधिकारिक धारणा माग गर्ने निर्णय गरेको छ ।
त्यस्तै पार्टीका सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहाइ गर्न सरकारलाई दबाव दिएको छ । पार्टीको बुधबार बसेको अध्यक्ष मण्डल बैठकले टीकापुर घटनामा संलग्न भएको अभियोगमा जेल चलान भएका कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वा्चित सांसद चौधरीलाई रिहा गर्न माग गरेको हो ।

अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार आजको बैठकले सांसद चौधरीलाई रिहा गरी सपथको व्यवस्था गर्नुपर्ने माँग गरेको छ ।





प्रतिक्रिया