काठमाडौं, २७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अझै एक दशक समृद्धि र सुशासनको लागि संघर्ष गर्नुपर्ने बताएका छन् ।
रातोपाटी डटकमको पाँचौ वार्षिक उत्सवका अवसरमा आईतबार अन्नपूर्ण होटलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले स्थिरता, विकास र समृद्धिलाई सँगसँगै जोडेर अघि बढाउनु पर्नेमा जोड दिए ।
उनले भने,‘स्थिरता, सुशासन र समृद्धिलाई सँगसँगै अघि बढाउनुपर्छ, स्थिरता, सुशासन र समृद्धि एउटामात्रै भएन भने समृद्धि अपांगजस्तो बन्न पुग्छ । यीनीहरु अर्कामा अन्तरसम्बन्धित रहेका छन् ।’
प्रचण्डले ऐतिहासिक रुपमा प्राप्त गरेको यो अवसरमा नेकपाका महासचिव विप्लवसतिका बाहिर रहेका शक्तिहरुलाई पनि सहभागि हुन आग्रह गरे ।
अध्यक्ष दाहालले भने,‘म त जनयुद्ध पनि गरेर आएको मान्छे हुँ, तर, अहिले देश नयाँ चरणमा प्रवेश गरिसकेको छ, अब १० वर्षसम्म नयाँ आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको छैन, न्याय र आर्थिक समृद्धिसहितको समाजवाद निर्माणका लागि हामी सहकार्य गरौं ।’
तस्विर : मुकुन्द कालिकोटे




प्रतिक्रिया