काठमाडौं, २ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र अहिले कोइराला दाजुभाईको मिलनले राजनीति तातेको छ । स्रोतका अनुसार पछिल्लो समय महामन्त्री समेत रहेका डा. सशांक कोइराला सभापति देउवासँग नजिकिएका थिए ।
देउवाको खासै विरोध नगर्ने सशांकको यो शालिनतालाई आगामी महाधिवेशनमा देउवाकै समर्थनमा सभापति उठ्न लागेको सम्म अड्कलबाजी गरिएको थियो । तर, नेता डा. शेखर कोइरालाले सशांकलाई आज उनकै निवासमा पुगी भेट गरेर देउवालाई नयाँ सन्देश प्रवाह गरे ।

सशांक र शेखरबीच आज सशांक निवास टोखामा ऐतिहाँसिक भेटवार्ता भएको बताईएको छ । स्रोतका अनुसार उनीहरुलाई युवा नेताहरुले दबाब दिएर मिलन गराएका हुन् ।




प्रतिक्रिया