काठमाडौं ९ असार । डाक्टर बिरामीको उपचारमा अहोरात्र खटिन्छन् । दैनिक सयौँ बिरामी जाँचेर स्वस्थ रहने उपाय पनि सुझाउँछन् । तर, दुनियाँलाई स्वस्थ राख्न योगदान पु-याउने डाक्टरकै स्वास्थ्य पनि पूरै ठीक भने हुँदैन । कामको चाप तथा व्यस्तता र जीवनशैली व्यवस्थापन गर्न समस्या हुँदा वरिष्ठ डाक्टरहरू पनि कुनै न कुनै रोगले पीडित हुने गरेका छन् ।
यद्यपि, आमबिरामीभन्दा डाक्टरहरू आफ्नो स्वास्थ्यप्रति स्वाभाविक रूपमा बढी सचेत हुन्छन् । नियमित स्वास्थ्य परीक्षण गराएर तथा जीवनशैली व्यवस्थित गरेर रोगलाई नियन्त्रणमा राख्छन् । नयाँपत्रिकाबाटअर्जुन अधिकारी र अर्जुन पौडेलको रिपोर्ट

ढाड दुख्ने पुरानै समस्या छ : डा. भोला रिजाल
वरिष्ठ स्त्रीरोग विशेषज्ञ
धेरै वर्षदेखि नियमित स्वास्थ्य परीक्षण गराउँदै आएको छु । नियमित जाँचकै क्रममा मुटुमा समस्या देखिएपछि तत्काल उपचार गर्ने निर्णय लिएँ । नेपालमा सक्षम चिकित्सक र उपकरण भएका कारण मेरो उपचार मुटुरोग विशेषज्ञ डा. भरत रावल, डा. लव जोशी र डा. यादव भट्टले गरे ।
अहिले मुटुमा कुनै समस्या छैन । ढाड दुख्ने समस्या भने पुरानै हो । ढाडको समस्या पनि डा. वसन्त देवकोटा र डा. गौरवराज ढकालले हेरेका छन् । अहिले ओम अस्पतालमा डा. चन्द्रमणि पौडेलसँग नियमित स्वास्थ्य परीक्षण गराउँदै आएको छु ।
कहिलेकाहीँ जोर्नी दुख्छ : डा. मानबहादुर केसी वरिष्ठ
मुटुरोग विशेषज्ञ
अहिलेसम्म कुनै गम्भीर स्वास्थ्य समस्या छैन । घरपरिवारमा पनि कसैलाई कुनै रोग छैन । मुटुरोग विशेषज्ञ भएकाले पनि प्रत्येक वर्ष मुटुसम्बन्धी सम्पूर्ण जाँच गराउँछु । कुर्सीमा नियमित बसेका कारण र अप्रेसनमा उभिनुपरेकाले जोर्नी दुख्ने समस्या छ । मैले शिक्षण अस्पताल महाराजगन्जका अर्थोपेडिक डा. दिनेश काफ्लेसँग स्वास्थ्य जाँच गराउँदै आएको छु ।
ब्लडप्रेसर बढ्दै छ : डा. लोचन कार्की
वरिष्ठ फिजिसियन
नियमित औषधि सेवन गर्नुपर्ने गरी अहिलेसम्म कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन । ढाड दुख्ने समस्या भने छ । नियमित बिरामीको स्वास्थ्य उपचारमा खटिनुपर्दा दुखाइ बढ्छ । ढाड र गर्धन दुखे पनि औषधि सेवन भने गर्नुपरेको छैन । आफैँ फिजिसियन भएकाले स्वास्थ्य परीक्षण गराएर रिपोर्ट हेर्छु । पछिल्लो समय ब्लडप्रेसर पनि बढ्ने अवस्थामा पुगेको छ । प्रत्येक वर्ष स्वास्थ्य जाँच गराउँछु ।
ढाड दुख्ने समस्या छ : प्रा. डा. जगदीश् अग्रवाल, डिन, आइओएम
शिक्षण अस्पताल
ढाड दुख्ने समस्या छ । तर, हाल कम भएको छ । अरू समस्या भने छैन । आफैँ चिकित्सक भएको हिसाबले सामान्य जाँच आफैँ पनि गर्छु । फरक विधाको स्वास्थ्य जाँच गर्नुपरे साथीहरूलाई देखाउँछु । हाडजोर्नीको समस्याबारे शिक्षण अस्पतालका डा. गोविन्द केसीलाई देखाउँछु ।
ग्यास्ट्रिकको समस्या छ : डा. गोविन्द केसी
र्थोपेडिक, शिक्षण अस्पताल
स्वास्थ्यमा गम्भीर समस्या थियो भने अनशन बस्न कसरी सक्थेँ र ? स्वास्थ्य परीक्षण समय–समयमा गराइरहन्छु । कुर्सीमा धेरै बस्नुपर्ने भएकाले ढाड दुख्ने समस्या भने छ । ग्यास्ट्रिकको समस्या पनि छ । स्वास्थ्य समस्या देखिँदा सामान्य नागरिकले झैँ सिफ्टमा भएको डाक्टरसँगै जचाउँछु । अनशनको समयमा भने डा. दिव्यासिंहलगायतको टोलीले स्वास्थ्य जाँच गर्दै आएका छन् ।
सुगर र प्रेसर छ : डा. राजेश सिंह
अर्थोपेडिक, नेपाल मेडिकल कलेज
तीन वर्षदेखि सुगर र प्रेसर छ । नियमित औषधि सेवन गरिरहेको छु । हरेक ६–६ महिनामा स्वास्थ्य परीक्षण गराउँछु । अरू रोग भने छैन । नेपाल मेडिकल कलेजका डा. प्रमोद क्षेत्री र डा. युएन पाठकसँग नियमित परीक्षण गराउँछु । नेपालबाहिर गएर स्वास्थ्य जाँच गराएको छैन ।
ब्लडप्रेसरले सताएको छ : डा. सरोजप्रसाद ओझा
मानसिक रोग विशेषज्ञ’ शिक्षण अस्पताल
उच्च रक्तचापको समस्या छ । लामो समय भइसक्यो । नियमित औषधि सेवन गर्दै आएको छु । मनमोहन कार्डियोभास्कुलर थोरापिक एन्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत डा. रत्नमणि गजुरेल, डा. ओममूर्ति अनिल, डा. यादव भट्ट र डा. दिवाकर शर्मासँग नियमित परीक्षण गराउँछु । उच्च रक्तचापबाहेक अरू समस्या छैन ।
५ वर्षदेखि ब्लडप्रेसर छ : डा. जागेश्वर गौतम
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ
मलाई ब्लडप्रेसरको समस्या छ । ५ वर्षदेखि निरिन्तर प्रेसर सन्तुलन गर्ने औषधि सेवन गरिरहेको छु । कहिलेकाहीँ निकै नै समस्या पार्छ । प्रेसरबाहेक अरू कुनै रोग अहिलेसम्म देखिएको छैन । ओम अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलसँग नियमित स्वास्थ्य परीक्षण गराउँदै आएको छु ।
ब्लडप्रेसरको समस्या छ : डा. भरतकुमार यादव
फिजिसियन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
ब्लडप्रेसरको समस्या छ । नियमित औषधि खान्छु । अरू समस्या भने छैन । स्वास्थ्य परीक्षण कहिले गराउने भनेर यकिन हुँदैन । आफू फिट रहेकाले दुई–तीन वर्षमा एकपटक जचाउँछु । प्रेसर देखिएको पाँच वर्ष भयो । पाटन अस्पतालमा कार्यरत फिजिसियन डा. आशिष श्रेष्ठसँग जचाउँछु । दिनभर फ्रेस हुन अस्पताल हाताभित्रै मर्निङवाक गर्छु ।
५ वर्षदेखि ब्लडप्रेसर छ : डा. जागेश्वर गौतम
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ
मलाई ब्लडप्रेसरको समस्या छ । ५ वर्षदेखि निरिन्तर प्रेसर सन्तुलन गर्ने औषधि सेवन गरिरहेको छु । कहिलेकाहीँ निकै नै समस्या पार्छ । प्रेसरबाहेक अरू कुनै रोग अहिलेसम्म देखिएको छैन । ओम अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलसँग नियमित स्वास्थ्य परीक्षण गराउँदै आएको छु ।
सुगर, प्रेसर र मुटुको समस्या छ : डा. प्रेमराज ज्ञवाली
इुरोलोजिस्ट, टिचिङ हस्पिटल
दुई वर्षअघि मर्निङवाकमा निस्किएको थिएँ । स्वास्थ्यमा कुनै समस्या थिएन । दिउँसो स्वास्थ्य जाँच गर्ने उद्देश्यले आफ्नै अस्पताल (शिक्षण अस्पताल महाराजगन्ज) गएँ । स्वास्थ्य परीक्षण गर्दा मुटुमा समस्या देखियो । अस्पतालकै चिकित्सकले अप्रेसन गरेर स्टेन्ट हालेका छन् ।
मलाई सुगर, प्रेसरको समेत समस्या छ । दुई वर्षदेखि निरन्तर औषधि सेवन गरिरहेको छु । डा. रत्नमणि गजुरेल, डा. ज्योति भट्टराई र डा. यादव भट्टले मेरो स्वास्थ्य परीक्षण गर्दै आएका छन् । उनीहरूको स्वास्थ्य परीक्षण भने म गर्छु ।




प्रतिक्रिया