काठमाडौं १६ असार । क्षेत्रफलका हिसाबले नेपालकै ठूलो र सुविधा हिसाबले सम्भवतस् सबैभन्दा विकट बझाङको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामी २०७४ चैत २२ गते ज्ञापनपत्र लिएर प्रदेश ७ को मुख्यमन्त्री कार्यालय पुगे ।
उनको मुख्य माग थियो, नेपाल र तिब्बतको सीमामा पर्ने साइपाल गाउँपालिकाको उरै भन्जाङ नाकामा भन्सार कार्यालय र सुरक्षा पोस्ट स्थापना । आजको कान्तिपुरमा समाचार छ ।
यही माग लिएर उनले प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहलाई पनि भेटे । उनको तर्क थियो, ‘बर्सेनि अर्बौं मूल्यको जडीबुटी यो बाटो भएर अवैध निकासी भइरहेको छ । यसलाई रोक्न सकिए वार्षिक ८/१० करोडभन्दा बढी राजस्व संकलन हुन्छ । यसले गाउँपालिका मात्र नभएर जिल्ला र देशकै हित हुन्छ ।’ उनको अर्को तर्क थियो, ‘यही नाका भएर तिब्बतमा तस्करी हुने वन्यजन्तुका आखेटोपहारका कारण बझाङमा चोरीसिकार बढ्दै गएको छ । यसले गर्दा नेपाल सरकारले दुर्लभ र लोपोन्मुखको सूचीमा समावेश गरेका वन्यजन्तु अस्तित्व खतरामा छ ।’




प्रतिक्रिया