डा. केसी र प्रधानमन्त्री ओलीबीच २ घण्टा छलफल, यस्ता छन्, आशा र निराशा


साउन २७, काठमाण्डौ । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक आउनु पर्ने बताएका छन् । त्यसमा तोडमोड गरे १६ औं अनसन बस्ने उनको चेतावानी छ ।

प्रधानमन्त्रीलाई भेट्न डा. केसी आफ्नो वार्ता टोलीसहित शनिवार बालुवाटार पुगेका थिए ।

डा. केसीले आफूसँग भएको सम्झौता अनुसार नै विधेयक पास हुनु पर्ने बताएका छन् । नभए १६ औं अनसन बस्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले भने सहमतिअनुसार संशोधन दर्ता भएको र त्यो पास हुने आश्वासन दिएका छन् । साथै उनले अन्य सहमति कार्यान्वयनका लागि डा. केसी समेत संलग्न भएको कमिटी बनाउने प्रस्ताव गरेका छन् ।

वरिष्ठ अधिवक्ता तथा डा. गोविन्द केसीको अभियानका पक्षधर ओम प्रकाश अर्यालले प्रधानमन्त्री ओलीले प्रस्ताव गरेको समितिमा बस्ने कुरामा भने केसीले अस्विकार गरेको बताए ।

केसीसँगै प्रधानमन्त्रीलाई भेट्न वालुवाटार पुगेका अर्यालले केसीलाई उदृत गर्दै भने, “अरुलाई नै नेतृत्व गर्न दिनुस् काम गर्न सक्ने साथीहरु धेरै हुनुहुन्छ । म सहयोग गर्छु ।”

प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा क्षेत्रको नेतृत्व लिन केसीलाई आग्रह गरेको अर्यालले बताए ।

प्रधानमन्त्री ओलीले सम्झौता कार्यान्वयनका लागि समिति बनाउने प्रस्ताव गरे पनि यसबारे ठोस निर्णय हुनुपर्नेमा अर्यालले जोड दिए ।

सरकारले समिति बनायो भने केसीको तर्फबाट प्रतिनिधीलाई राख्न सकिने अर्यालको भनाई छ ।

डा. केसी आफैले भने समितिको नेतृत्व नलिने स्पष्ट पारे । केसीलाई उदृत गर्दै अर्यालले भने, “म त एउटा सत्याग्राही हुँ । मेरो काम तपाईहरुलाई झक्झक्याउने हो । म बस्दिन । अरु कसैलाई राख्नुस् ।”

समिति बनाउने नै हो भने डा.भगवान कोइराला, डा. अर्जुन कार्की र डा. धर्मकान्त बास्कोटालाई राख्नुस् भनेर केसीले आग्रह गरेको अर्यालले जानकारी दिए ।

सरकारी संयन्त्रमा बसेर काम गर्नुभन्दा बाहिरबाट नै आफूले सहयोग गर्ने केसीले बताएका थिए । प्रधानमन्त्री ओलीसँग भएको २ घण्टाको छलफलमा चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अर्को पटक अनशन बस्न नपर्ने आश्वासन ओलीले दिएका थिए ।

यद्यपी ओलीसँगको भेटमा अन्य विभागीय मन्त्रालयका प्रतिनिधी कोही पनि सहभागि नभएकाले भेटमा भएका छलफलको प्रभावकारिता कम हुने अर्यालको तर्क छ ।

“सरकारको काम गराईको पारा चाँही उचित छैन । किनकी विभागीय मन्त्री अगाडि बढ्नुपर्ने हो । केसीसँग सम्झौता गर्ने बेलामा पनि कुनै पनि मन्त्री सहभागि भएनन् ।” शिक्षामन्त्री गिरिराजमणि पोख्रेलप्रति संकेत गर्दै अर्यालले भने ।

यसैगरी प्रधानमन्त्री अ‍ेलीका प्रेस सल्लाहाकार डा.कुन्दन अर्यालले सरकार र केसीबीच भएको सम्झौता कार्यान्वयन हुने दाबी गरे ।

गोविन्द केसीले प्रधानन्त्रीलाई भेट्नुको उद्देश्य धन्यवाद दिनु रहे पनि २ घण्टा छलफल भएको जानकारी दिदै अर्यालले भेटपछि केसी उत्साहित भएको दाबी गरे ।

बाहिर चर्चा गरिएजस्तो केसी निराश नभएको अर्यालले बताए ।

डा. गोविन्द केसीको १५ औँ अनशनसँग सम्बन्धित घटनाक्रमलाई फर्केर हेर्नुस् :

डा. केसीका मागप्रति प्रधानमन्त्री ओली कठोर

डाक्टर केसीका मागका बारेमा बालुवाटारमा भयो सहमति

केसी बालुवाटारमा पस्दा प्रसन्न, निस्कँदा दोधार

चिकित्सा शिक्षा विधेयक संसदबाट विधि र प्रक्रियाअनुसार पारित हुन्छ : देव गुरुङ

डा. केसी आईसीयूमा, कम्तिमा १० दिन उपचार गर्नुपर्ने

मध्यरातमा नारायणकाजीको वालुवाटारमा दौडधुप, ओली लचक बनेपछि आजै सहमति जुट्ने सम्भावना

सरकारले विधेयक फिर्ता लिनु पर्दैन, संशोधन गर्न तयार भए हुन्छ : जीवन क्षेत्री

डा. गोविन्द केसी र सरकार पक्षबीचको वार्ता असफल हुनुको कारण यस्तो छ

सरकार र डाक्टर केसीबीचको वार्ता भाँडियो, अब के हुन्छ ? 

सरकारी वार्ता टोली रित्तो हात वार्तामा आएको केसी पक्षको आरोप(भिडियोसहित)

सरकारी वार्ता टोलीले भन्यो “सरकारले दिएको म्यान्डेट प्रयोग गर्ने हो, निर्णय गर्ने अधिकार छैन”(भिडियोसहित)

उपचारमा संलग्न डाक्टर भन्छन्,’जुनसुकै बेला गोविन्द केसीलाई गुमाउनुपर्ने अवस्था छ’

डा. केसीका माग जायज छन्, मेरो समर्थन छ : मोहन वैद्य

नेपाली कांग्रेसले डा. गोविन्द केसीको एजेण्डा बोकेर आन्दोलन गर्नुहुँदैन : रामचन्द्र पौडेल

Skip This