प्रचण्डद्धारा ओलीको बचाउ, सरकारले समृद्धिको उद्देश्यअनुरुप काम गरेको दाबी

0
Shares

काठमाडौं, ३१ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार समृद्ध नेपाल र खुशी नेपाली बनाउने अभियानअनुसार विकास र समृृद्धिको उद्देश्यअनुरुप काम गरिरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय ध्रम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नयाँ कार्यकर्ता नेकपामा प्रवेश गर्दा पार्टी अझ बलियो भई थप उत्साह थपिएको अनुभूति आफूलाई भएको छ सुनाए ।

Skip This