काठमाडौं, ४ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले संसद बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर प्रसाद ओली भन्दै नाम काढेपछि बैठक हलमा हाँसो छायो ।
केन्द्र, प्रदेश र स्थानीय सरकारले जताततै करै कर उठाएर जनतालाई सास्ती दिएको भन्दै सरकारको आलोचना गर्न उत्रिएका अमरेश सिंहले प्रधानमन्त्रीको नामै फेरिएको प्रशंग जोडेका हुन् ।
‘सामाजिक संजालमा प्रधानमन्त्रीको नाम खड्गप्रसाद ओली है, कर प्रसाद ओली भन्दै व्यापक चर्चा भैरहेछ,’ अमरेशले प्रश्न गरे– ‘हामीले कर प्रसाद ओली भनुँ की खड्गप्रसाद ?’
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै विपक्षी दलका सांसदहरूले अत्याधिक कर उठाएको भन्दै सरकारको आलोचना गरेका थिए ।




प्रतिक्रिया