तरकारी खेतीबाटै वार्षिक लाखौ आम्दानी गर्ने वडाअध्यक्ष

0
Shares

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाका एक जना वडाअध्यक्ष व्यवसायीक तरकारी खेतीबाट वार्षिक लाखौ आम्दानी गर्दै राजनीतिमा सक्रिय रहेका छन ।

इनरुवा १० जल्पापुरबाट गत वर्ष भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका मोहम्द सुल्तान मियाँ चुनावको जित्नु १५ वर्ष अगाडिदेखि जल्पापुरमा व्यवसायीक तरकारी खेती गर्दै आएका किसान हुन ।

चुनाव जिते पछि वडाअध्यक्ष मियाँको हिजो दैनिकीमा भने कुनै फेरवेदल आएको छैन । बिहान ५ बजेर उठेदेखी ९ बजेको समयसम्म उनी दैनिक दुई विगाहा खेतलाई बारी बनाएर गरिएको तरकारी खेतीमा श्रम गर्न पुग्छन ।

सुल्तान भन्छन,‘पहिला मेरो कुनै जग्गा जमिन र सम्पत्ती थिएन । छिमेकीहरुले एक दुई कठ्ठा बारीमा तरकारी खेती गर्थे एक जना कृषि प्राविधिकले मलाई पनि वेमौसी तरकारी खेती गर्न सल्लाह दिए ।

उनको सल्लाह बमोजिम सुरुवातमा ५ कठ्ठामा तरकारी खेती गर्दा १ लाख रुपैयाँ खर्च लाग्यो बजारमा लगेर बिक्री गर्दा ५ लाख रुपैयाँ भयो खर्च कटाएर पहिलो सुरुवाती वर्षमा चार लाख रुपैयाँ कमाई भए पछि सोही सालदेखि एक विगाहामा व्यवसायीक तरकारी खेती गर्दै निरन्तर १० वर्षसम्म ३ विगाहामा खेती गर्न थाले ।’

हाल उनलाई दिउँसोको समय तरकारी खेतीमा जान फुर्सद नहुँदा उनका छोराहरु फिरोज आलम र मोहम्मद अफरोजले रेखदेख गर्दै बजा सम्म लैजाने काम गर्न थालेका छन ।उनी बिहान घर नजिकैको साविकको जल्पापुर गाविस भवनमा रहेको इनरुवा १० नं वडा कार्यालयमा पुग्छन ।

सुल्तान भन्छन,‘ वडावासीहरु समेत मेरो दैनिकीका बारेमा जानकार रहेकाले भरसक बिहान बेलुकाको समयमा वडा कार्यालयसँग सम्बन्धित र अड्डा अदालत प्रहरी र पञ्चेती गर्ने कामहरु लिएर आउँदैन ।’

हाल उनले दुई विगाहा जग्गामा फूलकोवी, तितेकरेला, खोर्सानी, वैगन, काक्रा, मुला लगायतका वेमौसमी तरकारीहरु लगाएका छन ।सुल्तान भन्छन,‘ मौसमी तरकारी बाली लगाउँदा बजारमा मुल्य धेरै सस्तो हुने र लगानी समेत उठाउन समस्या भएकाले अगुवा तरकारी बाली र वेमौसमी खेतीगर्ने गरेको हु ।’

उनको दुई विगाहा तरकारी खेती गर्ने वारीबाट बार्षिक १५ लाखदेखि २० लाखसम्म सवै खाले खर्च कटाएर मुनाफा हुने गरेको छ ।सोही खेतीको आम्दानीबाट प्रशस्त रुपमा विभिन्न स्थानहरुमा घडेरी जग्गा र धान खेतीसमेत खरिद गर्नुका साथै परिवारका बालबच्चाहरुको शिक्षामा समेत लगानी गरेको सुल्तान बताउँछन ।

उनी प्रायःजसो दिउँसो वार्ड कार्यालयमा बस्दा कुनै अड्डा अदालत प्रहरी र पञ्चेती गर्ने कामहरु आएमा मात्र इनरुवा बजार जाने गरेको बताउदै फुर्सदको समय मिल्ना साथ तरकारी बालीको रेखदेख गर्न बारीमा जाने गरेको बताउँछन ।सुल्तान साँझको दैनिकी भने उनी आवद्ध रहेको पूर्व नेकपा एमाले हालको नेकपाको पार्टी कामका लागि दिने गरेको बताउँछन ।

साँझ ६ बजे देखि अवेर ९ बजेसम्म पार्टीका नेता कार्यकर्ता समर्थक शुभचिन्तक र गाउँवासीहरुको घरदैलौमा पुगेर समस्याहरु सुन्ने बुझ्ने र आफुबाट हुने काम आफै गर्ने नहुने कामलाई माथिल्लो निकायसम्म लैजाने गरेको बताउँछन ।

उनी भन्छन,‘ वडाध्यक्षबाट समाजसेवा गर्छु, खेती किसानीबाट परिवारको अभिभावकीय जिम्मेवारी पुरा गर्छु । दुबैलाई समायोजन गरेर लाँदा मेरो पारिवारिक र राजनीतिक दुबै जीवन सुखद बन्न पुगेको छ ।’