प्रेस युनियन बर्दिया अध्यक्षमा भण्डारी

0
Shares

बर्दिया । प्रेस युनियन बर्दियाको छैठौँ अधिवेशनबाट अध्यक्षमा पुनः विनयराज भण्डारी निर्वाचित हुनुभएको छ । उहाँ प्रतिद्वन्द्वी दीपकलाल श्रेष्ठलाई एक मतले पराजित गर्दै विजयी हुनुभएको हो ।

त्यसैगरी उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, महिला उपाध्यक्षमा गोमा विष्ट, सचिवमा दुर्गा आचार्य, सहसचिवमा विनिता भाट, कोषाध्यक्षमा सुभाव परियार, सदस्यहरुमा मुरली गोडिया, प्रेम यादव, हरि गुरुङ, लिलमान बुढा, धिरज अधिकारी, मञ्जिल राजभण्डारी विजय हुनुभएको छ ।

त्यसैगरी केन्द्रीय पार्षदमा युवराज श्रेष्ठ, राजेन्द्र धिताल, कृष्णप्रसाद वस्याल, विष्णु तिमिल्सेना, दीपक शर्मा, यादवप्रसाद आचार्य, दिनेशकुमार श्रेष्ठ, राधा ज्ञवाली, गीता अधिकारी, लक्ष्मण ढुङ्गाना, कुसुम विक विजय हुनुभएको छ ।

प्रदेश पार्षदमा यमनाथ घिमिरे, मङ्गलराम थारू, छप्पुराम चौधरी, सन्तोष पौडेल, विवेक राजभण्डारी निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत तथा अधिवक्ता वीरबहादुर रोकायले जानकारी दिनुभयो ।