सिके राउतविरुद्ध यसरी खनिए गृहमन्त्री, सरकार लाचार भएर नबस्ने


काठमाडौं, ९ असोज। गृहमन्त्री रामबहादुर थापाले सीके राउत समूहका गतिविधि देशको भौगोलिक अखन्डताविरोधी रहेको भन्दै उक्त समूहप्रति सहानुभूति नराख्न आग्रह गरेका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले ‘मधेस नट नेपाल’ भन्दै देश विखन्डनको गतिविधि भइरहेको टिप्पणी गरे ।

उनले विखन्डनकारीहरु ‘स्वतन्त्र मधेस’का नाममा खुलेआम ‘मधेस नट नेपाल’ भन्दै हिँड्ने गरेको अवस्थामा सरकार लाचार भएर बस्न नसक्ने बताए ।

बर्दियाका राममनोहर यादवको हिरासतमा मृत्यु भएकोप्रति उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले ‘यादव नेपाल विखन्डनका अभियन्ता’ भएको र उनको ‘मस्तिष्कघाटबाट मृत्यु’ भएको प्रारम्भिक मेडिकल रिपोर्ट आएको बताए ।