त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६२ वर्षे पूरानो धावनमार्ग किन राखियो ? आईकाओलाई एक अनुत्तरित प्रश्न : ई. दिपेन्द्र कँडेल

0
Shares

काठमाडौं, १६ असोज । पब्लिक सेक्टर ईनोभेटर ई. दिपेन्द्र कँडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म पनि ६२ वर्षे पूरानो धावनमार्ग राखिरहनुले अन्र्तराष्ट्रिय नागरिक उड्ययन संस्था (आईकाओ) को भूमिकामाथि नै शंका पैदा भएको आरोप लगाएका छन् ।

मंगलबार अपरान्ह ई. कँडेलले आफूले नागरिक उड्यन प्राधिकरणको सुधारको लागि गरिरहेको कामबारे जानकारी दिन पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्ने क्रममा आईकाओको भूमिकामाथि नै शंका उत्पन्न भएको आरोप लगाएका हुन् । उनले भने,‘आईकाओको पछिल्लो भूमिकामाथि नै शंका उत्पन्न भएको छ, किनकी उसले आँफैले सन् २०१३ मा नेपालमाथि लगाएको प्रतिबन्धलाई फुकुवा गर्दा अव्यवहारिक भूमिका निर्वाह गरेको छ ।

कँडेलले अघि भनेका छन्,‘आईकाओको मिशनले निकालेको प्रतिवेदनले नेपाललाई सूरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनबारे ६६ प्रतिशत अंक दिएको थियो । तर, जुन अन्तर्राष्ट्रिय मापदण्डभन्दा केही बढि नै हो । सन् २०१३ को अडिट रिपोर्टभन्दा नेपालको अहिलेको सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन बढि भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।’

साधरणतया सुरक्षा मापदण्ड जाँच गर्दा प्रमुख तीन कुराहरुमा विशेष ध्यान राखिने उनको भनाई छ । उनले भने,‘पहिलो कुरा, विमानस्थलको अवस्था, दोस्रो, विमानहरुको अवस्था, तेस्रो एयर नेभिगेशन अर्थात् सम्पूर्ण प्राविधिक कुराहरुको सञ्चालनमा ध्यान दिनुपर्छ । तर, नेपालमा ६२ वर्ष पूरानो धावनमार्ग छ । जुन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ४२ वर्ष पहिले नै धावनमार्ग नयाँ बनाउनुपर्ने हो । यस्तो अवस्थामा आईकाओले कसरी नेपाललाई ६६ प्रतिशत अंक प्रदान गर्यो ? मेरो आईकाओलाई प्रश्न छ ।’

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६२ वर्ष पूरानो धावनमार्ग हुँदाहुँदै विमानस्थलको सुरक्षा मापदण्डबारे यसरी अंक दिने हो भने आफूले नै बनाएको धावनमार्ग १५ देखि २० वर्षभन्दा पूरानो हुनुहुँदैन भन्ने नियम किन उल्लंघन गरेको भन्दै कँडेलले आईकाओलाई गम्भिर प्रश्न गरे ।

कँडेलले भर्खरैमात्रै एक विज्ञप्ती जारी गर्दै त्रिभुवन विमानस्थलको धावनमार्गमा बत्ति (लाईट) भैदिएको भए टर्किस एयरलायन्सको विमान दर्घट्ना हुनबाट बच्न सक्थ्यो भन्ने तर्क गरेका थिए ।

उनले नेभिगेशनसम्बन्धी नेपाल सरकारले ललितपुरको भट्टेडाँडामा नयाँ रडार जडान गर्नुलाई सुधारको कामको संज्ञा दिए । यदि नेभिगेशन सर्भिस प्रोभाईडरको विद्यामा नेपालले आईकाओबाट नम्बर पाएको हो भने युएस बंग्ला विमानको दुर्घट्ना पनि नेभिगेशनकै समस्याका कारण घटेको उनको दाबी छ ।

उनले भने,‘हालसालै अल्टिच्यूड हेलि दुर्घट्नापनि नेभिगेशनकै समस्याको कारण घटेको हो । यदि युएस बंग्ला विमान दुर्घटनापछि नेपालले सुधार गरेको देखेर अंक दिइएको हो भने त्यसपछि पनि फेरी सञ्चार सम्पर्क विच्छेदकै कारण अर्को दुर्घट्ना हुनुले पनि आईकाओको नेपालप्रतिको भूमिका शंकास्पद देखिएको छ।’

सन् २०१४ मा नागरिक उड्ययन प्राधिकरणले धावनमार्गको अवस्था अतिनै नाजुक, कुनैपनि वाईड बडी जहाज उडान तथा अवतरण गराउँदा धावनमार्गले थेग्न नसक्ने भएको हुँद्या अविलम्ब नयाँ बनाउनुको विकल्प नभएको भनेर सर्कुलेशन जारी गरेको सुनाउँदै कँडेलले भने,‘तर, आँफैले जारी गरेको सर्कुलेशनविपरित आज चार वर्षपछि पनि त्यही धावनमार्ग र त्यसमापनि नेपाल एयरलाईन्सको दुई–दुई वटा वाईड बडी थप्नु, हिमालय एयरलाईन्सलाई अनुमति दिनु तथा टुरिज्म २०२० भन्दै विमान संख्या बढाउनुले क्यानको भूमिकापनि विवादस्पद नै देखिन्छ।’