‘६८ प्रतिशत यौनहिंसा चिनेका व्यक्तिबाटै’

0
Shares

काठमाडौं २८ असोज । विज्ञहरूले चिनेजानेका व्यक्तिबाटै ६८ प्रतिशत यौनजन्य हिंसा हुने गरेको बताएका  छन । उहाँहरूले यौनजन्य हिंसाका घटनामध्ये ८० प्रतिशत घटना मादक पदार्थ सेवनपछि हुने गरेको तथ्य पनि औंल्याउनुभयो ।

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित सुशील कोइराला मेमोरियल फाउन्डेसनले शुक्रबार यहाँ आयोजना गरेको ‘यौनजन्य अपराध स् कारण र समाधान’ विषयक छलफल कार्यक्रममा विज्ञहरूले सो जानकारी दिनुभएको हो ।

छलफलमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक देवेन्द्र सुवेदी, मानव अधिकारकर्मी चरण प्रसाई, पत्रकार बबिता बस्नेत र मनोविज्ञानविद् करुणा कुँवरले विज्ञको रूपमा छलफल गर्दै यौनजन्य हिंसाका घटनाको प्रकृति र प्रवृत्तिबारे चर्चा गर्नुभएको थियो ।गोरखापत्र दैनिक