अब आन्तरिक पर्यटकलाई पनि प्रवेश शुल्क

0
Shares

काठमाडौं ६ कार्तिक । संरक्षण क्षेत्रमा घुम्नको लागि अब आन्तरिक पर्यटकले पनि प्रवेश शुल्क तिर्नु पर्ने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु, गौरीशंकर लगायतका संरक्षण क्षेत्रमा जान आन्तरिक पर्यटकले पनि अव प्रवेश शुल्क तिर्नु पर्ने भएको हो । अहिलेसम्म संरक्षण क्षेत्रमा घुम्नका लागि विदेशी नागरिकलाई मात्र प्रवेश शुल्क लाग्थ्यो ।

संरक्षण क्षेत्रको भ्रमणमा जाँदा नेपालीका लागि भने प्रवेश शुल्क लाग्दैनथ्यो । गत सोमबारदेखि सरकारले आन्तरिक पर्यटकलाई पनि संरक्षण क्षेत्रमा प्रवेश गर्दा प्रति व्यक्ति १ सय रुपैयाँ प्रवेश शुल्क लाग्ने गरी राजपत्रमा प्रकाशित भएको हो ।

नेपाल सरकारद्धारा प्रकाशित असोज २९ को खण्ड ६८ संख्या ३४ को नेपाल राजपत्र भाग ३ वन तथा वातावरण मन्त्रालयको सूचना ८ बमोजिम संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ को नियम ४१ ले दिएको अधिकार प्रयोग गरी अनुसूची १ मा संसोधन भइ पर्यटन शुल्क बृद्धि भएको हो ।

अब मनाङ, मुस्ताङ, पुनहील लगायतका अन्नपूर्ण संरक्षण क्षेत्रमा जाँदा नेपाली पर्यटकले प्रवेश शुल्कको रुपमा एक सय रुपौयाँ तिर्नु पर्ने छ । मनास्लु, गौरीशंकर लगायतका संरक्षण क्षेत्रमा जाँदा पनि प्रवेश शुल्क सय रुपौयाँ तिर्नु पर्ने छ ।

सरकारले संरक्षण क्षेत्रमा पदयत्रा गर्न, घुम्न जाने विदेशी पर्यटकलाई अहिले लिँदै आएको शुल्कमा पनि बृद्धि गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा जाने विदेशी पर्यटकलाई भ्याट सहित ३ हजार, सार्क राष्ट्रका पर्यटकलाई १ हजार र आन्तरिक पर्यटकलाई प्रवेश शुल्क १ सय लाग्ने संसोधित राजपत्रमा उल्लेख भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका पोखराका सूचना अधिकृत ऋषि बरालले जानकारी दिए । दश वर्ष मुनीका बालबालिकाका लागि भने प्रवेश शुल्क लाग्ने छैन ।

यसअघि अन्नपूर्ण संरक्षण क्षेत्रमा घुम्न जाने विदेशी पर्यटकलाई भ्याट बाहेक दुई हजार र सार्क मुलुकका पर्यटलाई भ्याट बाहे २ सय रुपौयाँ प्रवेश शुल्क उठाउँदै आएको थियो । यसरी संरक्षण क्षेत्रमा उठाइएको रकमको मुल्य अभिबृद्धि कर सरकारमा जाने र बाँकी रकम अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्यापले) विभिन्न कार्यक्रम मार्फत संरक्षण क्षेत्रमै लगानी गर्दै आएको छ । अन्नपूर्णपोेष्टबाट