राष्ट्रपति आज स्वदेश फर्कदै

0
Shares

काठमाडौँ,१५, कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ । कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी कतार भ्रमणमा रहेकी थिइन। कतारमा रहदा राष्ट्रपति भण्डारीको कतारका अमिर लगायत सरकारी उच्च अधिकारीहरूको भेटवार्ता भएको थियो।

साथै उनले विभिन्न स्थान र सम्पदाको भ्रमण समेत गरेको जनाइएको थियो। राष्ट्रपति भण्डारीका साथ सम्मिलित उच्चस्तरीय सरकारी टोली पनि आजै स्वदेश फर्कदै छ। राष्ट्रपति भण्डारीलाई कतारका मन्त्री र कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइराला लगायत दूतावासका अधिकारीहरूले हमाद अन्तरराष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । रासस