प्रधानमन्त्री ओली पूर्ण स्वस्थ बने, डिस्चार्जको तयारी


कात्तिक १६, काठमाण्डौ । ५ दिनको उपचारपछि प्रधानमन्त्री केपी ओली पूर्ण स्वस्थ बनेका छन् । आज विहान गरिएको परिक्षणले ओलीको स्वाथ्य पूर्ववत अवस्थामा देखाएको शिक्षण अस्पतालको निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिएका हुन् ।

अब उनलाई जुनसुकै बेला पनि अस्पतालबाट डिस्चार्ज गर्न सकिने श्रेष्ठले बताए । छातिको संक्रमणका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सुध्रिँदै गएपछि हिजैदेखि उनलाई डिस्चार्ज गर्नेबारे चिकित्सकले छलफल थालेका थिए ।

प्रधानमन्त्री ओली पाँच दिनअघि त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । उनको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छाति रोग विशेषज्ञ डा. सन्त कुमार दासको टोली खटिएको छ ।