मुख्यमन्त्री पौडेललाई ओलीको‘ रेड कार्पेट, मन्त्री स्थापित परे ‘रेड जोन’ मा

0
Shares

काठमाडौं, १६ कात्तिक । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र भौतिक पूर्वाधार तथा विकास मन्त्री केशब स्थापितबीचको विवाद छताछुल्ल भएको छ । मुख्यमन्त्री पौडेल त मन्त्री स्थापितलाई हटाउनेगरि पार्टी नेतृत्वसँग छलफल तथा परामर्श गर्न बिहिबार नै काठमाडौँ आएका थिए ।

उनी आफ्नै मन्त्रिपरिषद सदस्यको व्यवहारबारे पार्टी नेतृत्वसँग छलफल गर्न काठमाडौं आएका हुन्। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अस्पतालको शैयामै भेटेर उनले मन्त्री स्थापितले मन्त्रिपरिषद् बैठकमै गालीगलौज तथा दुर्व्यवहार गरेकाले सँगै काम गर्न असहज हुने जानकारी गराएको स्रोतले जनायो ।

बिहीबारै प्रधानमन्त्री ओलीलाई भेट्न स्थापित पनि काठमाडौं आएका थिए। तर, उनले भने प्रधानमन्त्रीसँग भेट्न पाएनन् । स्रोतका अनुसार ओलीलाई स्थापितलाई भेट्न ईच्छा नै देखाएनन् । तर, ओलीले मुख्यमन्त्री पौडेललाई भने भेटको लागि रेड कार्पेट नै बिछ्याए । उनले पौडेलसँग करिब एक घण्टा भलाकुसारी गरेका थिए ।

मुख्यमन्त्रीको प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक छन् । सम्भवतः उनी डिस्चार्ज भएपछि यसबारेमा निर्णय लिनेछन् ।