काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको अहिलको सरकारलाई असफल हुने छुट नभएका बताएका छन् ।
शुक्रबार कांग्रेसले दसैँ, तिहार तथा छठको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजना गरेको चियापाना तथा शुभकामना आदान प्रदान कार्यक्रममा पौडेलले सरकारलाई असफल हुने छुट नभएको बताएका हुन् ।
पौडेलले भने, ‘अहिले राजनीतिक स्थिरताको वातावरण बनेको छ । अहिले राम्रो विकास हुन सकेन भने भविष्य अन्धकारतिर जान्छ । सरकारले समयको सदुपयोग गर्न सरकार सक्षम हुनुपर्छ ।’
उनले धेरै राजनीतिक उचारचढाव पार गर्दै देश स्थिरताको अवस्थामा आएकाले नेकपा नेतृत्वको सरकारले यसलाई सदुपयोग गर्नुपर्ने बताए । ‘नेपाल अहिले अत्यन्त राम्रो अवस्थामा आएको छ । यस्तो सहज अवस्था अहिलेसम्म आएको थिएन । यो अवसरलाई सदुपयोग गर्न सकोस् भन्ने शुभकामना दिन चाहन्छु ।’उनले विपीले सुरु गरेको मेलमिलापको नीति अझै पनि सान्र्द्भिक रहेको उल्लेख गरे ।




प्रतिक्रिया