कात्तिक १७, काठमाण्डौ । विनाशकारी भुकम्प गएको तीन वर्षभन्दा बढीसमय पुग्दा पनि राजधानीको मुटु भनेर पहिचान बनाएको रानीपोखरीको पुनर्ननिर्माण हुन सकेको छैन । कहिले राजनैतिक त कहिले सम्बन्धीत निकायको आन्तरिक विवादका कारण रानीपोखरी पुर्ननिर्माणको कार्यको सुरुवातसमेत हुन सकेको छैन ।
नेपालको एतिहासिक र पुरातात्विक महत्व बोकेको सम्पदा रानीपोखरी ७२ सालको विनाशकारी भुकम्पले क्षतिग्रस्त बनाएको थियो । राष्ट्रपति विद्यादेवि भण्डारीले सोही वर्ष पुनः निर्माण महाअभियान सुरु गर्दा रानीपोखरीबाटै गरेकी थिइन् । तर महाअभियान नै अलपत्र पर्यो ।
नेपालको महत्वपूर्ण सम्पदा रानीपोखरी पुर्ननिर्माणको काम राजनितिक विवादका कारण अहिलेसम्म पनि विवादमा नै सिमित छ । मल्लकामलिन शैलीमा नै रानीपोखरी पुर्ननिर्माण गर्ने भनेर प्राविधिक खिचातानीका कारण खुलाएको टेण्डर स्थगित गरिएको थियो । पुरातत्व विभागका प्रवतmा राम बहादुर कुवरका अनुसार शुरुमा पुरातत्व विभागले पुर्ननिर्माण गर्ने भनिएपनि पनि काठमाडौं महानगरपालिकाले नै बनाउने भएको छ ।
रानीपोखरीको वीचमा रहेको बालगोपालेश्वर मन्दिर पहिला गुम्बज शैलीमा कंक्रिट सिमेन्ट निर्माण गर्ने भनेर विवाद थालिएकाले पुर्ननिर्माण रोकिएको थियो । तर अब भने मल्लकालिन शैलीमा नै निर्माण गर्ने निष्कर्षमा पुगेको प्रवक्ता कुँवरले जानकारी दिए ।
उता काठमाडौं महानगरपालिकाले भने पछिल्लोपटक टेण्डर आहवान गरेपनि टेण्डर हालेको कम्पनीमा समस्या आएकाले टेण्डर रद्द गर्नुपरेको बताएको छ । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार दुईवटा कम्पनीले टेण्डर दिएकाथियो । रानीपोखरीको पुर्ननिर्माणको आवश्यक कागजपत्र नपुगेकाले रद्द भएको टेण्डर दुई हप्तापछि फेरि खुलाउने तयारी भइरहेको छ ।
रानीपोखरीको पुर्ननिर्माण १८ करोडको लागतमा पुर्ननिर्माण हुदैंछ । कहिले राजनितिक विवाद त कहिले अन्य कारणले भएको पुर्ननिर्माणको ढिलाई अब अन्त्य हुने संकेत देखिएको छ । यद्यपी कुन बेला के विषयको विवादले पुनः निर्माण प्रभावित हुन्छ ठेगान छैन ।




प्रतिक्रिया