कात्तिक १८, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले केपी ओली नेतृत्वको सरकारलाई कसैले पनि विश्वास गर्न नसकेको जिकिर गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै झाले विकास र समृद्धिको नारा बोकेको सरकारले काम गर्न नसक्दा विश्वास गुमेको बताएका हुन् ।
स्वदेशी तथा विदेशी लगानीकर्ता भित्र्याउन नसक्दा आर्थिक विकास अन्योलमा परेको झाको तर्क छ ।
भाषणले मात्रै विकास र समृद्धि हुन नसक्ने झाले बताए । “जे पनि बोल्ने तर काम नगर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । ठूला नेताहरुले नै यस्तो प्रवृत्तिलाई निरन्तरता दिदा जनता ठग्ने काम भइरहेको छ ।” झाले बताए ।
आफूहरुले सरकारको कामलाई नजिकबाट मूल्याङ्कन गरिरहेको झाले बताए । सरकारले राम्रा काम गर्ला भन्ने अपेक्षासहित दिएको समर्थन फिर्ता लिनुपर्ने अवस्था आएको झाले बताए ।
“समर्थन फिर्ता गर्न त हामीले एउटा पत्र लेखेपछि समर्थन फिर्ता भइहाल्छ । हामीले उठाइरहेका मागहरु सम्बोधन हुनुपर्छ ।” झाले भने ।




प्रतिक्रिया