काठमाण्डौ । निर्मला न्यायको निमित्त राष्ट्रिय अभियानले कञ्चनपुर घटनासँग जोडिएका सबै पुरुषहरुको डीएनए परीक्षण गर्न सरकारसँग माग गरेको छ ।
आईतबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाउदै अभियानले निर्मला पन्तको हत्यारा पत्ता लगाउन वास्तविक डीएनए परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराएको हो । सो क्रममा अभियानले सांकेतिक विरोधस्वरुप काठमाडौंमा संकलन गरेको रगतको नमूना पनि प्रशासन कार्यालयलाई बुझाईएको छ ।
अभियानले शंकास्पद व्यक्तिहरुको डीएनए परिक्षण गराईएको विधीमा पनि प्रशस्त शंका उब्जिने ठाउ रहेको आरोप लगाएको छ । अभियन्ता चेवन घिमिरेले सरकारले हालसम्म गरेको डीएनए परीक्षणमाथि शंका उब्जेको भन्दै पुन डीएनए परीक्षण गर्न ध्यानकर्षण गराईएको बताए ।
कञ्चरपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको एक सय दिन नाघिसक्दा समेत अपराधी पत्ता नलागेको भन्दै पीडित परिवारले समेत आन्दोलनको घोषणा गरेका छन् ।




प्रतिक्रिया