पशुपति शमशेरको दाबी : गेजुवाले बुढीगण्डकी बनाउनै सक्दैन् (भिडियोसहित)

0
Shares

काठमाडौं, १९ कात्तिक । राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले चिनियाँ कम्पनी गेजुवाले बुढीगण्डकी बनाउनै नसक्ने दाबी गरेका छन् ।

हिजो (आईतबार) राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष राणाले यस्तो दाबी गरेका हुन् ।

उनले भने,‘बुढीगण्डकी बनाउन गेजुवाई जिम्मा दिनु नै गलत हो । बिना प्रतिष्पर्धा दिनु ठूलो गलत भयो । यसलाई पूर्नविचार गर्नुपर्छ । यो कम्पनी विश्वव्यापी रुपमा पनि बदनाम छ ।’

उनले एउटै कम्पनीलाई बिना प्रतिष्पर्धा कसरी यत्रो ठूलो आयोजना निर्माणको जिम्मा दिएको भनेर आफूहरुले अहिलेसम्म नबुझेको पनि स्पष्ट पारे ।

फरक प्रसँगमा उनले नेपाल–भारत सम्बन्ध अहिले सुमधुर रहेको बताए । अध्यक्ष राणाले भने,‘ओलीजी प्रधानमन्त्री भएपछि पनि भारतीय प्रधानमन्त्री मोदीजी २ पटक नेपाल आईसक्नुभयो । यो नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा शुभ संकेत हो ।’