पर्सा । जापान सरकारले गरीब र विपन्न वर्गका लागि पठाएको अनुदानको चामल समयमा वितरण नहुँदा गोदाममा नै सड्न थालेको छ । नेपाल खाद्य संस्थानको वीरगंज स्थित गोदाममा राखिएको ५ हजार १ सय ७९ क्विन्टल चामल समयमा नै वितरण नभएपछि सड्न थालेको हो ।
जापान सरकारले गरीब तथा विपन्न र विपतमा परेका जनताले भोक टार्न भनी दिएको अनुदानको चामल ९ महिना देखी गोदाममा थन्किएर सडन थालेको छे । सुदूरपश्चिम तथा गरीब विपन्न परिवारका लागी ल्याएको चामल केन्द्रबाट ठोस निर्देशन नआएसम्म आफूहरूले मात्र चाहेर पनि कतै पठाउन नसक्ने नेपाल खाद्य संस्थान वीरगंजको भनाइ छ ।
२०७४ माघमा, अनुदानको चामल वीरगन्जस्थित सुक्खा बन्दरगाह हुँदै आइपुगेकोे थियो । तर नेपालमा विदेशमा जस्तो स्तरीय गोदाम नहुँदा लामो समयसम्म सुरक्षित राख्न नसकिने भएकाले चामल सडन थालेको छ । दशैं, तिहारमा पनि अनुदानको चामल समयमा नै पु¥याउन नसक्नु राज्य पक्षको गम्भीर कमजोरी भएको भन्दै स्थानीय आक्रोसित छन् ।
हुनपनि जापान सरकारले अनुदानमा दिएको चामल समयमै वितरण नभएर नेपाल खाद्य संस्थानमै थन्किनु पक्कै पनि राम्रो पक्ष होइन । तसर्थ स्वयं खाद्य संस्थान र नेपाल सरकारले ध्यान दिन जरुरी छ ।




प्रतिक्रिया