काठमाडौं, २१ कात्तिक। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मुलुकको समृद्धिको आधार नै ऊर्जा क्षेत्रको विकास भएको बताएका छन् । आफूले उर्जा क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेको र निकट भविश्यमा नै फड्को मार्ने बताए ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी-भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री पुनले नीतिगत सुधारमार्फत ऊर्जा क्षेत्रमा लगानीका लागि निजी क्षेत्रलाई समेत साथमा लिएर अगाडि बढेको र आगामी केही वर्ष भित्रैमा ठूलो फड्को मारिने बताए ।

क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा देउसी खेल्न पुगेको टोलीसँग कुरा गर्दै उनले भने,“आगामी तीन देखि पाँच वर्षिभत्र ठूलो फड्को मार्ने अवस्थामा हामी पुगेका छौँ, चार हजार मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा रहेका छन्।”
मन्त्री पुनले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको र त्यसमा दश हजार मेगावाट आन्तरिक खपतका लागि प्रयोग गर्ने र बाँकी पाँच हजार मेगावाट विद्युत बाह्य व्यापारका लागि उपलब्ध गराउने लक्ष्य राखिएको जानकारी दिए । जनताले उर्जामा चाहेजति लगानी गर्न सक्नेपनि मन्त्री पुनले बताए ।
दशैं र तिहारमा टिका थापेर जम्मा गरेको पैसा विद्युको सेयरमा लगानी गर्न तयार भएर बस्नपनि उनले जनतालाई आग्रह गरे ।




प्रतिक्रिया