नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक आउने मन्त्री अधिकारीको दाबी


प्रधानमन्त्री ओलीको नेतृत्वमा मुलुक समृद्धिको युगतर्फ अघि बढ्यो
काठमाडौं, २२ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकास र विस्तारमा आफू कटिबद्ध भएर लागिपरेको बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटन भित्र्याउने उनको दाबी छ ।

बुधबार राति रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री अधिकारीले भने,“नेपालमा अब विकास र समृद्धिको लहर आउँछ । हामी आर्थिक क्रान्ति गर्छौं । प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मुलुक अब विकास र समृद्धिको युगतर्फ अघि बढिसक्यो ।”

भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गर्दै अघि बढ्ने सरकारको लक्ष्य रहेकोले अब देखिनेगरि विकासका लहर आउने उनको दाबी छ ।

क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा देउसी खेल्न पुगेको टोलीलाई शुभकामना दिँदै उनले पत्रकार धमलाको सक्रियताको खुलेर प्रशंसा गरे । उनले भने,“क्लब र ऋषि धमलाबीच अन्योन्याश्रित सम्बन्ध छ । नेपाली मिडियाको हिरो ऋषि धमला नै हो । क्लबको यो देउसी भैलो कार्यक्रमले विकास र समृद्धिकोल लागि माहोल सिर्जना गर्नेछ ।”