उदयपुरको चौदण्डीगढी नगरपालिका ६ मा भीषण आगलागि, नियन्त्रण हुन सकेन


कात्तिक २५, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा अहिले भर्खरै भिषण आगलागि भइरहेको छ ।

रिपोर्टस क्लब सम्वाददाता मुकुन्द कालिकोटेले दिएको जानकारीअनुसार नगरपालिकाको वडा नम्बर ६ स्थित बेलटार चतरा लाइन बजरमा भिषण आगलागि भएको हो ।

काठबाट बनेका घरहरु एकैठाउँमा जोडिएका कारण आगो नियन्त्रण हुन नसकेको कालिकोटेले जानकारी दिए ।

केहीबेर अघि मात्रै लागेको आगो ५ घर जलेर नष्ट भइसकेको छ । आगो नियन्त्रणका लागि लाहान र गाइघाटबाट दमकल आउँदै गरेको उनले बताए ।