राप्रपा एकता भाँडियो : थापा र राणाबीच आरोप प्रत्यारोप


कात्तिक २६, काठमाण्डौ । तीन राप्रपाबीचको एकता अन्तिम चरणमा पुगेर स्थगित भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रीकका अध्यक्ष पशुपति शमसेर राणाबीच कुरा नमिल्दा एकता प्रक्रिया स्थगित भएको बताइएको छ ।

तर दुवै राप्रपाले एकअर्कामाथि एकता भाँडेको आरोप लगाएका छन् ।

राप्रपा प्रजातान्त्रीकका अध्यक्ष पशुपति शमसेर राणाले राप्रपा अध्यक्ष कमल थापाका कारण पार्टी एकिकरण प्रक्रिया भाँडिएको आरोप लगाएका छन् ।

एकिकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले केही दिन अझ गृहकार्य गर्न आग्रह गरेपनि अध्यक्ष थापाले नमानेकाले एकता प्रक्रिया नराम्रो मोडमा पुगेको राणाको भनाई छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषी धमलासँग कुराकानी गर्दै राणाले पार्टीको एकिकृत महाधिवेशन अगाडीसम्म सवै विषयलाई सँगै लिएर जाने सहमती भएको जानकारी दिए ।

तीनै जना अध्यक्ष रहने, निर्वाचन चिन्ह र राजसंस्थाको विषय पनि महाधिवेशनबाटै टुंग्याउने सहमती भएको राणाको दावी छ ।

यता कमल थापाले भने हैदसम्म लचकता अपनाउँदा पनि एकता प्रयास सफल नभएको बतानएका थिए ।

पछिल्लो केही दिनदेखि राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता वार्ता भइरहेको थियो । वार्तामा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा र नेता दीपक बोहोरा र एराप्रपा राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनी आफैं संलग्न भएका थिए ।

नेताहरुका अनुसार एकता घोषणाका लागि आज राष्ट्रिय सभागृह ‘बुक’ समेत भइसकेको थियो ।