प्रचण्ड र बादलको यस्तो तस्विर बाहिरियो, हेर्नुहोस यस्तो छ रहस्य


कात्तिक २६, म्याग्दी । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा म्याग्दी पुगेका छन् ।

दाहाल र थापा परिवारसहित म्याग्दी पुगेर सोमबार तातोपानी नुहाएका छन् ।

नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री थापाले सँगै तातोपानी कुण्डमा नुहाएको फोटो प्रचण्डको सचिवालयले सार्वजनिक गरेको हो ।

दाहाल पत्नी सीता दाहालको उपचारको क्रममा चिकित्सकको सल्लाहअनुसार उनीहरू परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुगेका हुन् । दाहालसँगै गृहमन्त्री थापा पनि पत्नी नैनकला थापालाई लिएर तातोपानी कुण्डमा नुहाउन पुगेका हुन् ।

दाहालपत्नी सीतासँगै छोरी गंगा दाहाल र स्वकीय सचिव जोखबहादुर महरा पनि तातोपानी पुगेका छन् ।

बेनी नगरपालिका ४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने भएकाले मानिसहरु त्यहाँ नुहाउन जाने गरेका छन् ।