राजपाका शीर्ष नेताहरु मधेश झरे, सरकारको समर्थन फिर्ता लिने तयारी

0
Shares

काठमाडौं, २८ कात्तिक । राजपा नेपालका शीर्ष नेताहरु मधेश झरेका छन् । छठपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने हल्ला चलिरहेको बेला राजपाका शीर्ष नेताहरु आज तराई झरेका हुन् ।

स्रोतले दिएको जानकारी राजपाका अध्यक्ष मण्डलका सबै सदस्यहरु यतिवेला मधेशमै छन् । सम्भवतः अध्यक्ष मण्डलका संयोजक ठाकुरको निवासमा छलफल गरेर सरकारबाट बाहिरिने वा नबाहिरिने भन्नेबारे निर्णय लिने बुझिएको छ ।

संविधान संशोधनमा तत्काल सहमति भयो भने समर्थन जारी राख्ने यदि सहमति भएन भने समर्थन फिर्ता लिने पार्टीको तयारी रहेको एक नेताले पत्रकार ऋषि धमलालाई जानकारी दिए । संविधान संशोधन गर्न सरकारले ढिलाई गरिरहेको राजपाको आरोप छ ।