कात्तिक २९, काठमाण्डौ । सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री दिर्घ सोडारीलाई नेकपाले सरकारबाट फिर्ता बोलाएपछि यस क्षेत्रको नेकपाको राजनीतिमा अनेक टिका टिप्पणी र बहस शुरु भएको छ ।
पदीय आचरण र सामाजिक मर्यादाभन्दा बाहिर गएर ‘अश्लील हर्कत’ गर्न थालेपछि मन्त्री र पार्टी दुवैबाट बर्खास्त हुनु परेको बताइएको छ ।
निवर्तमान मन्त्रीको यौनजन्य अडियो टेप प्रधानमन्त्री केपी ओलीसम्म पुगेपछि ओली कै निर्देशनमा सोडारीलाई हटाएको खबरहरु समेत सर्बजनिक हुन थालेका छन् । तर नेकपाको सुदुर पश्चिम कमिटीले भने यस बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यस सम्बन्धमा नेकपाको धनगढी स्थित प्रदेश कार्यलय पुगेका पत्रकारहरुलाई नेकपाका प्रदेश अध्यक्ष कर्ण बहादुर थपाले प्रतिक्रिया दिन मानेनन् ।
बर्खास्त मन्त्री सोडारी नेकपाका सुदुरपश्चिम इन्चार्ज भिम रावलको विश्वास पात्र मानिन्छन् । रावलले अन्तिमसम्म पनि सोडारीलाई बचाउन खोजेपनी उनका बिबादित सबैकुरा प्रधानमन्त्री ओली समक्ष पुगेको र सोडारी बिगतमा पनि बिभिन्न कारणले बिबादमा आएको व्यक्ति भएकाले बर्खास्तीमा परे । तत्कालिन एमालेका कैलाली जिल्ला अध्यक्षसमेत रहेका सोडारीविरुद्ध आर्थिक र चारित्रिक विचलनका धेरै उजुरी परेको तथा कतिपय आपत्तिजनक खालका प्रमाण समेत फेला परेपछि बर्खास्त गरिएको चर्चा चलेको छ ।
मन्त्री सोराडीलाले पदिय मर्यादा तथा आचरणमा रहेका काम नगरेकाले पदवाट हटाउनु परेको नेकपाका नेता तथा सुदुरपश्चिम प्रदेश कमीटिका कार्यालय सचिव दिनेश चन्द्र सुवेदीको भनाई छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई हटाइए मंगलबार न सोही मन्त्रालयमा कृष्ण सुवेदी नियुक्त भएका छन् । पदीय आचरण विपरित काम गरेको भन्दै सामाजिक विकास मन्त्रीबाट दीर्घ सोडारीलाई बर्खास्त गरिएपछि सुवेदीलाई नियुक्त गरिएको थियो । सुवेदीको मंगलबार नै सपथग्रहण भएको भई सकेको छ ।
प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितीमा मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको सपथ ग्रहण गराईएको थियो ।




प्रतिक्रिया