सात मुख्यमन्त्रीका सात महिना, काम थोरै विवाद धेरै
कात्तिक २९, काठमाण्डौ । प्रदेश सरकारका मुख्यमन्त्रीहरु एकपछि अर्को विवादमा तानिदै गएका छन् । चाहे उपचारका नाममा अनावश्यक रुपमा विदेश गएर होस, वा केन्द्रीय सरकारको निर्देशन विपरीत काम गरेर । मन्त्रीहरु पनि विवादित हुने क्रम बढिरहेको छ । २ जना मन्त्री त बर्खास्त भैसके ।
एक नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राई गत कार्तिक १६ गते घाटीमा देखिएको समस्यकाको उपचार गर्न भन्दै थाइल्याण्ड प्रस्थान गरे । तर उनी केन्द्रीय सरकारको सहमती विना नै सुटुक्क अमेरिका पुगे । यो समाचार पत्रकार लोकमणी राइले शार्वजनिक गरेपपिछ मन्त्रीका नातेदारले अमेरिका मै पत्रकार राईलाई आव्रmमण भयो । मुख्यमन्त्री राइले एक नम्वर प्रदेशको नाम र राजधानी तोक्न सकेका छैनन् । उनी मन्त्रालयको सवारी साधन खरिद प्रकृयामा पनि ठुलो रकम खर्चिने निणर्य गरेको भन्दै आलोचित भएका थिए ।
दुइ नम्वर प्रदेशका मुख्य मन्त्री लालवावु राउत पनि विवादमा तानिरहेका छन् । उनले केन्द्रीय सरकारले प्रदेश सरकारका लागि चाहिने आश्यक कानुन नबनाएको झोकमा प्रहरी भर्ना गर्न र लोकसेवा आयोग बनाउन विधेक नै तयार गरेका थिए । यो विषयले उनको आलोचना बढ्यो । संघीय तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशले बनाएको कानुन खारेज गर्ने चेतावनी दिएपछि मुख्यमन्त्री राउत अलमलमा परेका छन ।
३ नम्वर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल पनि विवादी मुख्यमन्त्री हुन् । उनले आफ्नै क्याविनेटका भौतिक योजना मन्त्री केशव स्थापितलाई बर्खास्त गरे । बर्खास्तीमा परेका स्थापितले पौडेललाई दोहोरो सुविधा सहित आइएनजीओको सहयोग लिएर अनावश्यक लाभ लिने गरेको आरोप लगाएका छन् । पौडेलमाथि ३ नम्वर प्रदेशको राजधानि तोक्न पार्टि अध्यक्षद्धय ओली र दाहाललाई जिम्मा दिएर प्रदेश संसदको अपहेलना गरेको आरोप पनि छ । उनी हेटौडामा सरकारी निवास तथा काठमाडौ आएको बेला एशियन फाउण्डेशले प्राविधिक सहयोग गरेको विशाल महलमा बस्छन् । यस्तै ४ नम्वर प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले संघीय सरकारले अधिकार नदिएको भन्दै पोखरामा मुख्य मन्त्रीहरुको भेला गराएर आलोचना गरेका थिए ।
मुख्यमन्त्री गुरुङले पोखरामा रेड एरिया तोक्नु पर्ने भन्दै विवादस्पद अभिव्यतिm दिएका थिए । प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले आफ्नो प्रदेशमा विकास निर्माणका काम छोडेर केन्द्रीय सरकारको गल्ति तथा कमजोरी ढाकछोप गर्ने गरेको बताइन्छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही पनि विवादीत ब्यक्ति हुन् । उनले केन्द्रीय सरकारले सरकारी कार्यालयमा सामाजिक संन्जाल लगाएत इन्टरनेट अनिवाय राख्न निर्देशन दिएका बेला आफ्नो विरोध भएको बहानामा सामाजिक संन्जाल फेसबुक बन्द गर्ने असफल प्रयास गरेका थिए ।
उनी होटलमा बस्ने तथा सुरक्षाकर्मीलाई सलामी हान्न बाध्य बनाउने मुख्यमन्त्री पनि हुन । उनकी श्रीमतीले स्थानिय विद्यालयमा हाजिर नभै तलव बुभ्ने गरेको तथ्य पनि सार्वजनिक भयो । ७ नम्वर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टमाथि नेकपाका नेता लेखराज भट्टको निर्देशन पालन गर्ने बाहेक अरु काम नगरेको आरोप लगाइएको छ ।
सामाजिक विकास मन्त्री दिर्घबहादुर सोडारीलाई मुख्यमन्त्री भट्टले अपदस्थ गरपछि उनको पनि पोल खुल्ने व्रmम जारी छ । निवर्तमान मन्त्री सोडारीले भट्टले लगाएका आरोप झुटो भएको दावी गरेका छन् ।
यसबीचमा प्रदेश ४ (गण्डकी), ६ (कर्णाली) र ७ (सुदूरपश्चिम) ले प्रदेशको नाम र राजधानीको टुङ्गो लगाएर उपलब्धि हासिल गरेका छन् ।




प्रतिक्रिया