‘संगठनलाई बद्नाम गर्नेलाई कारबाही गर्न मैले खुट्टा कमाएको छैन्’

0
Shares

काठमाडौं २९ कात्तिक ।नेपाल प्रहरीका महानिरीक्षक आइजिपी सर्वेन्द्र खनालले कंचनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लागेर छाड्ने बताएका छन् ।

काठमाडौंको गागलफेदीमा नवनिर्मित प्रहरी बिट भवनको उद्धघाटन कार्यक्रममा बोल्दै आइजिपी खनालले प्रहरीले धेरै तहबाट अनुसन्धान गरिरहेकाले दोषी पत्ता लागेर छाड्ने बताएका हुन् ।

‘अनुसन्धान निष्कर्षमा पुग्छ, अपराधी पत्ता लाग्छ त्यो अपराधमा संलग्न जो कोहीलाई पनि कारवाही हुन्छ।’ आइजिपी खनालले भने । एक जना प्रहरीले गरेको काम कारबाही मुल्यांकन गरेर संगठनलाई दोष दिन नहुने खनालको भनाइ छ।

संगठनलाई बद्नाम गर्नेलाई कारबाही गर्न मैले खुट्टा कमाएको छैन्, खनालले भने । पछिल्लो समय प्रहरी संगठन माथि चारै तिरबाट प्रहार भइरहेको भन्दै खनालले असन्तुष्टि पनि जनाए।