निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिन माग

0
Shares

काठमाडौं, ३० कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिन माग गरेका छन् ।

शुक्रबार ललितपुरमा भएको निर्वाचन पर्यवेक्षण प्रतिवदेन सार्वजनिक कार्यक्रममा बोल्दै यादवले सरकारले हतारमा गरेको निर्वाचनको निर्णयले आयोगलाई काम गर्न कठिन हुने बताए ।

उनले यसको विकल्पमा सरकारले एक दुई बर्ष अगाडिनै सरकारले निर्वाचनको मिति घोषणा गरे आयोेगलाई काम गर्न सजिलो हुने उल्लेख गरे । उनले भने– ‘निर्वाचन घोषणा गर्ने अधिकार आयोगलाई दिइयोस, यदि सरकारले मिति घोषणा गर्ने हो भने एक दुई बर्ष अघिनै गरोस् कि निर्वाचन कहिले गर्ने भनेर कानुनमै उल्लेख गरियोस ।’

आयोगले पटक पटक यो विषय उठाउँदै आएको उनले बताए । उनले निर्वाचन सम्बन्धी कानुन संशोधनका लागि मस्यौंदा तयार पारेर पठाएको पनि जानकारी दिए ।

उनले आगामी दिनमा निर्वाचनपछि मतदान स्थलमै मतगणना गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरे । यसो गर्दा जिल्लासम्म ल्याउँदा लाग्ने ढुवानी खर्च कम हुने र छिटो नतिजा आउने बताउँदै यो बिषयलाई राजनीतिक दलहरुले स्वीकार गरेर जानुपर्ने बताए ।