‘सेक्स’को मजा लिईरहेकी छु, अहिले विवाह गर्दिन् : दिपाश्री निरौला (भिडियोसहित)

14
Shares

काठमाडौं, १ मंसिर । चर्चित अभिनेत्री एवम् चलचित्र निर्देशक दीपाश्री निरौलाले आफू अविवाहित भएपनि सेक्सको मजा लिइरहेको खुलासा गरेकी छिन् । उनले यौन आनन्द लिनबाट आफू पछाडि पनि नरहेको बताइन् ।

प्राईम टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेकी हुन् । दीपाले विभिन्न साधनमार्फत यौन आनन्द लिइरहेको संकेत गरिन् ।

‘अहिलेको वैज्ञानिक युगमा यौन आनन्द लिन समस्या छैन । मैले पनि विभिन्न साधनमार्फत यौन आनन्द लिएको छु’, उनले भनेकी छिन्, ‘सेक्स गर्न विवाह नै हुनु पर्दैन ।’

तपाईको विवाह दीपक गिरीसँग कहिले हुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा अभिनेत्री दीपाले भनिन्, ‘मेरो विवाह नै हुँदैन । दीपकसँग विवाह हुँदैन ।’