कृषिमन्त्री खनालको दाबी : मलगायत ५ जना मन्त्री मात्रै सफल (भिडियोसहित)

0
Shares

काठमाडौं, ३ मंसिर । कृषिविकास तथा पशुपन्छी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले वर्तमान सरकारको ९ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् ।

आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।

त्यस्तै उनले वर्तमान सरकारमा सहभागी मन्त्रीहरुमध्ये आफूलगायत ५ जना मन्त्रीमात्रै सफल भएकोपनि दाबी गरे । उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी, उर्जामन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडा र आफू सफल मन्त्री रहेको स्पष्ट पारे ।