छोरालाई सम्झेर प्रचण्ड रोए, सिताको बेहाल, ओलीले के भने ?


काठमाण्डौ । सन्तान बियोगको पीडा आमा र बुबाका लागि कति हुन्छ भन्ने कुरा नेकपाका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको पहिलो स्मृति दिवसमा देखिएको छ । आमाको माया जस्तै आँशु पनि सहश्रधारा झर्ने रहेछ र बाबु पनि मन थाम्न नसक्ने गरि भक्कानदिारहेछन् भन्ने देखियो ।

बर्षदिन अघि हृदयघातका कारण एकमात्र छोरा गुमाएकी नेकपा अध्यक्ष प्रचण्ड र पत्नी सीता दाहाल पुत्र वियोगबाट अझै तंग्रिन सकेकी छैनन् । उनीहरुलाई सधैभरी दिवगत पुत्र प्रकाशको समmभनाले सताईरहेको छ ।

बर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर चुनावको वातावरणले छपक्कै छापेको थियो । तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी गठबन्धन गरेर निर्वाचमा होमिएका त्यतिखेरको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अघिल्लो बर्षको मंसिर १ गते केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा भएको चुनावी सभामा सम्बोधन गर्न झापा पुगेका थिए ।

झापाका सभा सकेर उनी काठमाडौं फर्किने तरखर गर्दै थिए । अचानक काठमाडौंबाट एउटा अपत्यारिलो खबर आयो जसले उनी छाँगाबाट खसेझैँ भए । अघिल्लो बर्ष मंसिर २ गते झापामा केपी ओलीजीको चुनावी क्षेत्रमा प्चण्ड गएका थिए । ‘राजधानी फर्कने तरखबर गर्दै थिएँ, अचानक एउटा खबर आयो, प्रकाश अब रहेनन्, पुत्र प्रकाशको निधनको वर्षदिन पुगेको स्मृती सभामा प्रचण्ड यति भन्दै भक्कानिए ।

यति भनेपछि दाहालका गला अवरुद्ध भएका थिए । उनी बोल्नै सकेनन् । केही बेर भक्कानिए । ललितपुरको खुमलटारस्थित निवासमा सोमबार आयोजित प्रकाशको पहिलो स्मृति सभामा प्रचण्ड मात्र होईन उनी पत्निी सीता झन भावविह््व बनिन् ।

सन्तान बियोगको पीडा आमा र बुबाका लागि समान हुन्छ । तर, आमाको माया जस्तै आँशु पनि सहश्रधारा झर्ने रहेछ । एक वर्षअघि हृदयघातका कारण एकमात्र छोरा गुमाएकी नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल पुत्र वियोगबाट अझै तंग्रिन सकेकी छैनन् भन्ने सोमवार पुत्र प्रकासको शोक सभामा प्रष्टै देखियो ।

तीन वर्षअघि जेठी छोरी ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो । पुत्री वियोग र आफ्नै शरीरले खेपिरहेको रोगबाट कमजोर बन्दै गएकी सीता पुत्र वियोगपछि सामान्य अवस्थामा फर्किन सकेकी छैनन् । सोमबार प्रकाश दाहालको प्रथम स्मृतिको सन्दर्भमा प्रचण्ड निवास खुमलटारमा आयोजित श्रद्धान्जली कार्यक्रममा पनि सीतालाई सम्हालिन दुई छोरी रेणु र गंगाले मात्र सकेनन् । प्रचण्ड आफैं उनलाई पटकपटक सम्हालिरहेका थिए । छोरा सम्झेर घरी भक्कानिने, घरी जुरुक्कै उठ्न खोज्ने सीता पटकपटक डाँको छाडेर रुन खोज्दा प्रचण्डले सम्झाएका थिए ।

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डका छोरा स्व.प्रकाश दाहाललाई श्रद्धान्जली दिन पुगेका सवैले स्व. प्रकाश दाहालको स्मरण गरेका थिए । प्रचण्ड निवास खुमलटारमा सोमबार बिहान आयोजना गरिएको स्मृति सभामा प्रधानमन्त्री, उपराष्ट्रपति, मन्त्रीहरु लगायत विभिन्न दलका नेताकार्यकर्ताहरु सहभागि भएका थिए ।

स्मिृति सभामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री झलनाथ खनाल सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपाका नेता महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुले स्व. दाहालप्रति श्रद्धान्जली व्यक्त गरे । कार्यक्रममा अध्यक्ष प्रचण्डले छोरा प्रकाश दाहाल र २ वर्षअघि निधन भएकी छोरी ज्ञानुको नाममा ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ स्थापना गरिएको घोषणा गरेका छन् ।