सिटौलाले गरे प्रचण्डको प्रशंसै प्रशंसा, देउवाको आलोचना गरेर थाकेनन् (भिडियोसहित)


काठमाडौं, ६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्व मन्त्री कृष्ण प्रसाद सिटौलाले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाको खरो आलोचना गरेका छन् ।

उनले सभापति देउवाले पार्टीलाई विधि, विधान र नीति अनुसार चलाउन नसकेको आरोप लगाए । आजको दिनमा देउवाको नेतृत्व पक्कापक्की असफल भएको उनको दबाी छ ।

बुधबार राति प्राईम टाईम्स टेलिभिजनको “जनता जान्न चाहन्छन” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सिटौलाले अबको महाधिवेशनमा कस्तो समिकरण बन्छ भन्ने कुरापनि स्पष्ट नभएको जिकिर गरे ।

RELATED NEWS

देउवाले पेलेर अघि बढ्न खोजेको आरोप स्विकार्यः सिटौला

द्वन्द्वपीडितलाई न्याय दिन सरकार गम्भीर हुनुपर्छ : सिटौला

पौडेल र सिटौला पक्षको असहमतिबीच नेविसंघको कार्यकाल थपियो

रामचन्द्र पौडेल र कृष्ण सिटौलाविरुद्ध यसरी खनिए निधि

आफूलाई मिलेर जानुपर्छ भनेर नेता शेखर कोइरालाले आग्रह गरिरहेको सुनाउँदै उनले भने,”तर मिल्ने भनेको त विचार, सिद्धान्छ, आचरण र नीतिले हो ।”

सोही कार्यक्रममा सिटौलाले सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भने प्रशंसामात्रै गरे ।