काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीले महँगो गाडी नचढेर कसले चढ्छ त भनेर प्रश्न गरेका छन् ।
बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री ओलीले कुनैपनि डकुमेन्टमा नपढिकन हस्ताक्षर नै नगर्ने पनि खुलासा गरे । उनले भने,”कुनै पनि डकुमेन्टमा उहाँले नपढिकन सिग्नेचर गर्नुहुन्न । दोहोर्याएर, तेहराएर पढ्नुहुन्छ । भाषणपनि उहाँले एकचोटि हेरेर हुँदैन । दोहोर्याएर हेर्नुुहुन्छ । ” आफूहरुले अघि बढाएको अन्तर्वातापनि प्रधानमन्त्रीले अधिकांश हेर्ने गरेको उनले खुलासा गरे ।
राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा जोडेर आएका समाचारप्रति प्रधानमन्त्री ओली चिन्तित रहेको उनले सुनाए । उनले थपे,”उहाँ दुई वटा कुराले चिन्तित हुनुहुन्छ । पहिलो कुरा, ती संस्थाप्रतिको आक्रमण किन अहिले भैरहेको छ ?”




प्रतिक्रिया