चित्रबहादुरको दाबी : ‘मैले राजतन्त्र आउँछ भनेर हावाको भरमा भनेको छैन’


काठमाडौं, ७ मंसिर । राष्टिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा फेरि राजतन्त्र फर्किने दाबी गरेका छन् । शुक्रबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष केसीले यस्तो दाबी गरेका हुन् ।

उनले भने,”मैले हावाको भरमा यो कुरा भनिरहेको छैन । अहिले जुन किसिमको वातावरण बनेको छ, गणतन्त्र पक्षधरहरुको जो चरित्र छ । त्यसको आधारमा म यो कुरा भनिरहेको छु ।”

हिजो राजाको आडमा शासन, सत्ता र शक्तिमा पुगेकाहरु अहिलेपनि जिवितै रहेकोले उनीहरु त्यो हिजोको स्वर्गीय आनन्द फेरि लिनको लागि खुलेआम हिँडिरहेको पनि केसीले स्पष्ट पारे । उनले भने,”उनीहरु अहिलेपनि खुलेआम राजतन्त्र चाहिन्छ भनेर हिँडिरहेका छन् ।”