काठमाडौं, ७ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिद प्रकरणबारे मुख खोलेका छन् । उनले यस खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको दाबी समेत गरे ।
आज सिंहदरबारमा बसेको संघीय संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । मन्त्री अधिकारीले आफू मन्त्री हुनुअघि नै वाइडबडी विमान खरिदका लागि आवश्यक सबै प्रक्रिया पूरा भएकाले त्यसमा आफ्नो संलग्नता नभएको बताए ।
वाइडबडी विमान खरिदका सम्बन्धमा ठूलो आर्थिक अनियमितता भएको आशंका गर्दै समितिका सदस्यहरुले प्रश्न उठाएका थिए । त्यसको जवाफमा मन्त्री अधिकारीले विमान खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेकोे स्पष्टिकरण दिएका हुन ।




प्रतिक्रिया