पदाधिकारी थप्ने/नथप्नेबारे कांग्रेसमा विवाद, भोलि के हुन्छ ?

0
Shares

काठमाडौं, ८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पदाधिकारी थप्ने वा नथप्नेबारे शीर्ष नेताहरुबीच तिव्र विवाद देखिएको छ । सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच पदाधिकारी थप्ने कि नथप्नेबारे विवाद भएको छ ।

स्रोतका अनुसार बरिष्ठ नेता पौडेलले पदाधिकारी तत्काल थप्नुपर्ने भन्दै सभापति देउवालाई दबाब दिएका छन् । तर, देउवा भने कुनैपनि हालतमा पदाधिकारी थप्न नहुने पक्षमा छन् । उनले पौडेलको आग्रहलाई बेवास्ता गरेका छन् ।

भोलि केन्द्रिय कार्यसमिति बैठक बस्दैछ । भोलि बस्ने बैठकमा पार्टीको विधान संशोधन गर्नेबारे छलफल हुने बुझिएको छ । विद्यान मस्यौदा समितिले यसअघि नै विधान पार्टीमा बुझाईसकेको छ ।

भोलिको बैठकलाई मध्येनजर गर्दै आज आज विधान समितिको बैठक बस्दैछ । विद्यान मस्यौदा समितिका एक सदस्यले भने,‘भोलिको बैठकमा विधान प्रस्तुत हुन्छ ।’