काठमाडौं, ९ मंसिर । चर्चित नायक एवम् निर्माता शिव श्रेष्ठले अब पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् । उनले अहिले राजसंस्था फर्किने हल्ला चलिरहेकोले त्यो सम्भावना देखिएको बताएका हुन् ।
शनिबार राति प्राईम टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायक श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने,‘म राजसंस्थाको भक्ति हुँ । राजा महेन्द्रलाई मैले विराटनगरमा भेटेको थिएँ । त्यो बेलादेखि नै म राजसंस्थाको ठूलो भक्ति भएँ । स्वर्गीय राजा विरेन्द्रसँग पनि मेरो राम्रो उठबस भयो । त्यसपछि पूर्वराजा ज्ञानेन्द्रलाईपनि भेटिरहन्थें । अहिलेपनि राजसंस्था फर्किने हल्ला सुनिरहेको छु । फेरि ज्ञानेन्द्रलाई राजा बनाउन सकिन्छ ।’
फरक प्रसँगमा उनले महानायक राजेश हमाललाई नेपालको प्रधानमन्त्री बनाउन सकिने विश्वास व्यक्त गरे । उनले भने,‘कलाकारबाट अब राजेश हमाललाई प्रधानमन्त्री बनाउनुपर्छ । उहाँ प्रधानमन्त्री बन्नलायक व्यक्तित्व हो ।’ उनले राजनीतिक दलका नेताहरुमा आफूलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मनपर्ने जनाए ।




प्रतिक्रिया